
चिनियाँ निर्माण कम्पनीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा ढिलाई गरेको भन्दै लहानका स्थानीय आन्दोलित
सिरहा : सिरहाको कमला र सप्तरीको कञ्चनपुरसम्मको पूर्व–पश्चिम राजमार्ग सडक विस्तारमा ढिलाइ भएको ढिलाइ भन्दै लहान बजारका स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरु विहानैदेखि सडकमा आवागमन रोकेका छन् । सवारीसाधनहरु ५ किलोमिटर सम्म सडकमा जाम लागेको छ ।
सिरहा : सिरहाको कमला र सप्तरीको कञ्चनपुरसम्मको पूर्व–पश्चिम राजमार्ग सडक विस्तारमा ढिलाइ भएको ढिलाइ भन्दै लहान बजारका स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरु विहानैदेखि सडकमा आवागमन रोकेका छन् । सवारीसाधनहरु ५ किलोमिटर सम्म सडकमा जाम लागेको छ ।
पहिले भएको सडक भत्काएर काम अलपत्र पारेको उनीहरुको आरोप छ । निर्माण सामग्रीहरु छरिएर सडकमै रहँदा हिलो, धुलो–धुवाँले आजित भएको स्थानीयहरु बताउँछन् । हिलो, खाल्डाखुल्डी तथा अधुरा संरचनाले दुर्घटनाको जोखिम समेत बढाएको उनीहरूको गुनासो छ ।
सन् २०२० मा सुरु गरिएको उक्त सडक विस्तार आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर झण्डै छ वर्ष पुग्न लाग्दा पनि काम अधुरै रहेको छ । करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी भइसके पनि भौतिक प्रगति सन्तोषजनक नभएको स्थानीयको आरोप छ ।
निर्माण कम्पनीले दुई पटक म्याद थप गरिसकेको छ भने तेस्रो पटक थपिएको समयसीमा पनि आगामी जुनमा सकिँदैछ । आन्दोलनकारीहरूले तत्काल धुलो नियन्त्रण, सडकको उचित व्यवस्थापन तथा निर्माण कार्य तीव्र बनाउन माग गरेका छन् । निर्माण कम्पनी चाइना रेल्वे इन्जिनियरिङ ग्रुप वार्तामा नआउञ्जेलसम्म आन्दोलन जारी राख्ने र सडक नखोल्ने स्थानीयहरुको भनाइ छ ।
राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समस्या समाधानका लागि पहल थालेका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बिहानैदेखि ईलाका प्रशासन, प्रहरी परिचालन गरी सडक खुलाउने र वार्ता गर्ने कार्य भईरहेको छ ।