पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ, जससँगै पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार, बढेको मूल्य शुक्रबार बिहान १२ बजेदेखि कार्यान्वयनमा आउनेछ । नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।
निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र यसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ ।